‘फूलबारी’मा बाबु बनेका विपिन, दयाको यस्तो लुक
काठमाडौँ - फागुन ५ मा प्रदर्शन मिति तोकेको फिल्म ‘फूलबारी’ फिल्मका कलाकारको लुक सार्वजनिक गरेको छ । निर्देशक रामबाबु गुरुङले फिल्ममा भएका कलाकारको लुक सार्वजनिक गरेको हुन् ।
गुरुङले सार्वजनिक गरेका फोटोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, शिल्पा मास्के, पशुपति राई आदिको लुक देख्न सकिन्छ । निर्माण अगावै यो फिल्ममा विपिन कार्कीले वयोवृद्ध पिताको भूमिका निर्वाह गर्न लागेको चर्चा थियो । सो अनुमानलाई बल पुग्ने गरी विपिनको लुक सार्वजनिक भएको छ । तस्बिरअनुसार अरुणा कार्कीले विपिनको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । यसैगरी फिल्ममा दयाले पशुपति राईसँग जोडी बाँधेका छन् ।
रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म महंगो बजेटमा निर्माण भएको हो । फिल्मका लागि निर्देशक रामबाबु गुरुङ पटकथासहित ७० लाख लिएको र छायाँकारका लागि मात्र ४० लाख तिरेको चर्चा थियो । यसैगरी यो फिल्मका लागि विपिन कार्कीदेखि प्रियंका कार्कीसम्मले प्रशस्त पैसा लिएको चर्चा छ ।
यसैगरी निर्माण अगावै यो फिल्मको कथावस्तु बलिउड फिल्म ‘बागवान’बाट प्रेरित रहेको पनि बताइएको छ । यो अनुमानलाई बल पुग्ने गरी ‘बागवान’को नेपाली अर्थ ‘फूलबारी’ हुने र यही नाममा फिल्मको नाम राखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया