सिनेमा

स्वयम्भू खिपेको लुगा लगाएपछि उपासनाको विरोध

इकागज |
कात्तिक २३, २०७९ बुधबार ११:५८ बजे

काठमाडौँ - महामारीले रोकिएको फिल्म ‘डिसेम्बर फल्स’ले किस्ताबन्दीमा सुटिङ गरिरहेको छ । दसैँअघि युरोप पुगेर उपासनाको एउटा गीत खिचेर फर्किएको फिल्मले आइतबारदेखि आर्यन सिग्देललाई समेत राखेर ड्युट गीत खिचिरहेको छ । यो फिल्ममा आर्यन र उपासनाको जोडी छ ।  तर खिच्दा खिच्दै टिकटकमा सार्वजनिक भइसकेको गीतले उपासनालाई भने तनाव दिएको छ । 

उपासनाले यो गीतमा एउटा यस्तो लहंगा लगाएर नाचेकी थिइन् जहाँ स्वयम्भू र बौद्ध स्तुपा खिपिएको थियो । सोसल मिडियामा यो फोटो सार्वजनिक भएसँगै बौद्ध समुदायले उनको यो गीतमा आपत्ति जनाएको हो । उपासनाको लुगाले बौद्ध सम्प्रदायको आस्थामा आँच पुगेको भन्दै यो समुदाय विरोधमा उत्रिएको हो । 


दीपक शर्माको शब्द तथा संगीत रहेको गीत निर्माण टिमले केही समय भित्र नै सार्वजनिक गर्ने जनाएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । पुस १५ बाट सार्वजनिक हुने तयारीमा रहेको फिल्ममा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय रहेको छ । फिल्मलाई प्रविन झाले निर्देशन गरेका हुन् । 


Author

थप समाचार
x