सिनेमा

‘मेरी बास्सै’को ७ सय ८० भाग पूरा, बडाकाजीमा हेरफेर

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार १०:५४ बजे

काठमाडौँ-  नेपाली हास्यव्यंग्यको इतिहासमा सबैभन्दा लामो समय प्रशारण भइरहेको नेपाली टेलिश्रृंखला ‘मेरी बास्सै’ले आफ्नो प्रशारणको ७ सय ८० भाग पूरा गरेको छ । यो मंगलबार ‘मेरी बास्सै’को ७ सय ८० भाग प्रशारण भएको छ ।

‘मेरी बास्सै’ले आफ्नो कथा प्रस्तुति, कलाकार लगायतका विषयमा ध्यान दिने गरेको देखिन्छ । हास्यव्यंग्यसँगैं सामाजिक जनचेतनामुलक सामाग्री प्रस्तुत गरिरहेको ‘मेरी बास्सै’मा नयाँ शृंखलादेखि नेपाली फिल्मका चर्चित अभिनेता मुकुन्द श्रेष्ठको प्रवेश भएको छ ।


श्रेष्ठ सिरियलमा बडा काजीको भूमिकामा देखिने छन् । ‘मेरी बास्सै’का मुख्य मध्यका एक कलाकार काजी बा अर्थात रामचन्द्र अधिकारीको स्वास्थ्य अवस्था सामान्य हुन समय लाग्ने देखिएपछि यो टिमले मुकुन्द श्रेष्ठलाई भित्र्याएको हो । ‘श्रृखंलामा काजीको भूमिका दमदार देखिनुपर्छ र मुकुन्द श्रेष्ठलाई त्यो सुहाउँने भएकाले उहाँलाई लिएका हौं’ मेरीबास्सैका निर्देशक दिवाकर भण्डारीले भने ‘अब सधैं हुने नहुने विषय टुंगो लागेको छैन्, अग्रज कलाकार हामीसँग रहनुपर्छ भन्ने मेरो चाहाना हो ।’

मुकुन्द श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका नाम चलेका भिलेन् हुन् । दशक अघि यिनले गरेका चलचित्रहरुमा यिनी डरलाग्दो रुपमा प्रस्तुत हुने गरेका थिए ।  लामो समय हराएका मुकुन्द श्रेष्ठ ‘मेरी बास्सै’मा देखिनु उनका फ्यानका लागि खुसीको कुरा हो ।

उनी कहिलेसम्म ‘मेरी बास्सै’मा रहन्छन् भन्ने कुराको भने टुंगो छैन् । सापटी काका अर्थात दिवाकर भण्डारीको निर्देशनमा तयार भइरहेको मेरी बास्सैमा सुरबिर पण्डित, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, सुरेन्द्र के.सी., पल्पसा डंगोल, निरु खड्का, टिका भक्त जिरेल लगायतका कलाकारहरु देख्न सकिन्छ । ‘मेरी बास्सै’ हरेक मंगलबार राति ९ बजे नेपाल टेलिभजनबाट प्रशारण हुँदै आइरहेको छ । 


Author

थप समाचार
x