सिनेमा

पाकिस्तानबाट अस्करमा सिफारिस ‘जोयल्यान्ड’ पाकिस्तानमै प्रतिबन्धमा

इकागज |
कात्तिक २७, २०७९ आइतबार १२:९ बजे

इस्लामाबाद- पाकिस्तानबाट आउँदो वर्षको एकेडेमी अवार्ड (अस्कर)का लागि सिफारिस ‘जोयल्यान्ड’लाई पाकिस्तानले आफ्नै देशमा भने प्रदर्शन गर्न नदिने घोषणा गरेको छ । पहिला सेन्सर भइसकेको फिल्मलाई सरकारले त्यो मान्य नहुने भन्दै हल प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो ।

बिहीबार सूचना तथा प्रशारण मन्त्रालयले त्यहाँको चलचित्र सेन्सर बोर्डसँग पाकिस्तानका अन्य राज्य प्रमुखलाई बोधार्थ लेख्दै फिल्म कतै पनि नचलाउने निर्णय भएको जानकारी गराएको हो । 


सूचनामा सञ्चार मन्त्रालयले फिल्मको विषयलाई लिएर गुनासो आएको र फिल्म हेर्दा पाकिस्तानी समाज र यसको मूल्य मान्यतालाई हनन गर्ने कथा वाचन पाइएकाले फिल्मलाई प्रदर्शन हुनबाट रोक्ने निर्णय भएको जनाएको छ । 

‘जोयल्यान्ड’ अबको हप्ता पाकिस्तानमा प्रदर्शन हुने तयारीमा थियो । सायम सदिकको निर्देशन रहेको फिल्मले लाहोरमा रहेको एउटा प्रभावशाली परिवारको कथा पेश जर्छ जसको माइलो छोरा कामुक थिएटरमा काम गर्न थाल्छ र त्यहीँ काम गर्ने ट्रान्सजेन्डरसँग प्रेम गर्न थाल्छे । प्रेमकथाले त्यो परिवारमा आउने उथलपुथललाई फिल्मले आफ्नो विषय बनाएको छ । 

फिल्म अघिल्लो साल कान्सको अन सर्टेन रिगार्डमा छनौट भएको थियो जहाँ यसले जुरी अवार्ड जितेको थियो । यो फिल्मलाई चर्चित मानवअधिकारकर्मी नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले कार्यकारी निर्माताको रुपमा निर्माण गरेकी छिन् । 
गत शुक्रबार मात्र यसले एसिया प्यासिफिक स्क्रिन अवार्ड जितेको थियो । 


Author

थप समाचार
x