सिनेमा

एमालेका उम्मेदवार छाडेर करिष्माले मागिन् रेखा थापालाई भोट

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १२:४९ बजे

काठमाडौँ -  कलाकारले विभिन्न पार्टीका व्यक्तिलाई भोट मागिरहेका छन् । तर योपल्टको संघीय चुनावमा कलाकार स्वयं पनि विभिन्न पार्टीबाट विभिन्न क्षेत्रमा उम्मेदवार छन् । तर आफ्नै सहकर्मी चुनावी मैदानमा संघर्ष गरिरहँदा कलाकार मौन बसेको आरोप लाग्न थालेको छ ।

समाचार कलाकारको यो रवैयालाई लिएर टिप्पणी हुन थालेपछि करिष्मा मानन्धरले मुख खोलेकी छिन् । स्थानीय निकायको चुनावअघि एमाले प्रवेश गरेकी करिष्माले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेकी रेखा थापालाई भोट मागेकी छिन् ।  रेखा उठेको यो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल उम्मेदवार छन् ।


रेखा केही समयअघि काठमाडौँको क्षेत्र नं ५ मा इश्वर पोखरेलको घरदैलौ कार्यक्रममा पनि देखिएकी थिइन् । उनको नाम समानुपातिक सूचीमा रहने चर्चा चले पनि एमालेको समानुपातिक सूची उनको नामविनै निर्वाचन आयोग पुगेको थियो । उनले कलाकारलाई पनि राज्य बनाउने अभियानमा पुर्याउनुपर्छ भन्ने आसयसहित सामाजिक सञ्जालमा रेखा थापालाई भोट दिएर जिताउन मोरङ जिल्लालाई आग्रह गरेकी हुन् । 


Author

थप समाचार
x