सिनेमा

केही दृश्यको सेन्सरसँगै ‘जोयल्यान्ड’लाई प्रदर्शन अनुमति

इकागज |
मंसिर ३, २०७९ शनिबार १६:५५ बजे

इस्लामावाद- पाकिस्तान सेन्सर बोर्डले ‘जोयल्यान्ड’माथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको छ तर केही दृश्यको छाँटकाटसहित । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले ‘जोयल्यान्ड’माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको जनाएको हो । 

फिल्मले विवाहित केटा र ट्रान्सजेन्डर महिलाबीचको प्रेमकथा प्रस्तुत गर्छ जुन कथाले कान्स फिल्म फेस्टिभलमा पनि अवार्ड पाएको थियो । अघिल्लो हप्ता सूचनामा सञ्चार मन्त्रालयले फिल्मको विषयलाई लिएर गुनासो आएको र फिल्म हेर्दा पाकिस्तानी समाज र यसको मूल्य मान्यतालाई हनन गर्ने कथा वाचन पाइएकाले फिल्मलाई प्रदर्शन हुनबाट रोक्ने निर्णय भएको जनाएको छ । 


‘जोयल्यान्ड’ हिजो शुक्रबारदेखि पाकिस्तानमा प्रदर्शन हुने तयारीमा थियो । तर बीचैमा प्रतिबन्धमा परेपछि यसको प्रदर्शन अन्यौलमा परेको थियो । 


Author

थप समाचार
x