सिनेमा

अर्को चुनावमा उम्मेदवार बन्ने घोषणा गर्दै राजेश हमालले गरे मतदान

इकागज |
मंसिर ४, २०७९ आइतबार ११:५२ बजे

तस्बिर सौजन्य : कमल प्रसाइँ

काठमाडौँ - अभिनेता राजेश हमालले मतदान गरेका छन् । उनले लैनचौरमा रहेको जननाथ स्मृति मावीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । 
उनले चुनावपछि पत्रकारलाई प्रतिक्रिया दिँदै  आउँदो चुनावसम्म आफू पनि राजनीतिमा लाग्ने संकेत गरे ।

उनले आउँदो निर्वाचनमा मलाई पनि उम्मेदवारको रुपमा देख्न पाउनुहुनेछ भन्दै राजनीतिमा लाग्ने संकेत गरेका हुन् ।राजेश हमाललाई देशकै तीन ठूला पार्टीले आफ्नो पार्टीमा भित्र्याउने प्रयास गर्दै आएका छन् । एमाले सरकारमा रहेका बेला प्रधानमन्त्री केपी ओलीले उनलाई भारत भ्रमणमा लगेका थिए । 


स्थानीय निकायको चुनावअघि राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेपछि उनले राजनीतिका लागि माओवादी चुन्न लागेको खबर सार्वजनिक भएका थिए । तर हमालले अध्यक्ष प्रचण्डसँगको भेट राजनीतिका लागि नभई शिष्टाचारका लागि भएको बताएका थिए ।


Author

थप समाचार
x