सिनेमा

ग्ल्यामर भन्दा पनि अभिनयमा रुचि राख्छुः नम्रता सापकोटा

इकागज |
मंसिर २४, २०७९ शनिबार १४:४१ बजे

काठमाडौँ- नेपाली चलचित्र डेसान देशभर प्रदर्शनमा आएको छ ।

फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । शुक्रबार साँझ दर्शकहरूसँगै चलचित्र हेरिसकेपछि कलाकारहरूले दर्शकहरूबाट राम्रो माया पाएको बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरू चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरू चाँडै फैलिने भन्ने कुरालाई चलचित्रमा देखाइएको बताइन् । उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको जिकिर गरिन् ।


चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्छ चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको उनकाे भनाइ छ । ग्लामर आफ्नो ठाउँमा भए पनि आफूलाई अभिनय गर्दा मजा लाग्ने उनकाे अनुभव छ । उनले चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतूहलता हुने बताइन् ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय रहेकाे छ । चलचित्रको मुख्य भूमिकामा रहेका निशान र पुनमको यो डेब्यु चलचित्र हो ।

चलचित्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।

चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।


Author

थप समाचार
x