सिनेमा

भारतको कौतिक फिल्म फेस्टिभलमा ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट फिल्मसहित ४ अवार्ड

इकागज |
मंसिर २५, २०७९ आइतबार १३:८ बजे

काठमाडौँ - ‘ऐना झ्यालको पुतली’ भारतको नैनीतालमा आयोजित कौतिक फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको छ । डिसेम्बर २ देखि ४ सम्म नैनीतालमा आयोजना भएको फेस्टिभलमा फिल्म उत्कृष्ट फिल्मसहित ४ विधामा अवार्ड हात पारेको हो । फिल्मले अभिनय विधामा २ र सम्पादन विधामा पनि अवार्ड जितेको हो । 

फिल्मबाट अभिनय विधामा भाइ बनेका दिनेश खत्री र दिदी बनेकी कञ्चन चिमरियाले अवार्ड जितेकी हुन् । त्यसैगरी फिल्मबाट किरण श्रेष्ठले सम्पादनमा अवार्ड जितेका हुन् । भदौ २४ मा प्रदर्शनमा आएको ‘ऐना झ्यालको पुतली’ले बंगलादेशमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो भने दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा छानिन सफल भएको थियो । 


युवतीको पढ्ने रहरलाई झ्यालमा रहेको पुतलीसँग तुलना गर्दै निर्माण गरिएको फिल्मलाई यो दशककै उत्कृष्ट सिनेमाको रुपमा चर्चा गरिएको छ । फिल्मलाई सुजित बिडारीले निर्देशन गरेका हुन् । सुजित बिडारीकै लेखन रहेको फिल्ममा दिनेश खत्री र कञ्चन चिमरियाको मुख्य भूमिका रहेको छ । फिल्मलाई रामकृष्ण पोखरेल, आकाश पौडेल, प्रविन स्याङ्बो र सुजित स्वयं मिलेर निर्माण गरेका हुन् । 


Author

थप समाचार
x