सिनेमा

किम्फमा ‘ह्विल्स अन द बस’ र ‘आइरन डिगर’ उत्कृष्ट

इकागज |
मंसिर २७, २०७९ मंगलबार ९:१६ बजे

बाघको बङ्गाराका लागि प्राप्त अडियन्स च्वाइस अवार्ड ग्रहण गर्दै निर्माता\निर्देशक

काठमाडौं- काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो । सोमबार समापन भएको किम्फमा अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो । 

नेपाल पानोरमा तर्फ इंगी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिंकी श्रीश रानाको ‘हजुर’ले संयुक्तरुपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । यसपटकको किम्फमा विद्या चापागाई र कमलकुमारको फिल्म ‘हेर्ने कथा’ श्रृंखला अन्तर्गतको फिल्म ‘बाघको बंगारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त ग¥यो ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तर्फ भने क्यानडा र अमेरिकाका दुई फिल्म सर्वोत्कृष्ट भएका छन् । अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी ः अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे ।


मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘बियोन्ड र पास्चरल्यान्ड’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाडमा उक्लने कथालाई पेश गर्छ । अमेरिकी निर्देशक सीन ओ’कनर निर्देशित ‘कुमारीः अ फादर्स ड्रिम’ले पथप्रदर्शक जगत लामा र अन्यले भूकम्पले भत्काएको बस्तीलाई अझै सशक्त र बलियो बनाउन गरेको प्रयत्नको कथा भन्छ । 

अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशित ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस, स्वीट्जरल्याण्डका निर्देशकद्धय लिजा रोसिल र क्यारेलिन फ्ल्ङ्कि निर्दैशित ‘सोफी लाभौड ः लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए ।


यसपटकको किम्फमा माइकल पज, जिन्ना ली र किरणभक्त जोशी जुरीको रुपमा थिए । पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको फेस्टिभलको अन्तिम फिल्म चाहिँ अष्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फलाइ फ्रम एभरेष्ट’ बन्यो । 

हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरको सह–आयोजनामा भएको फेस्टिभलको बीसौं संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म देखाइएका थिए । पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यसपटकको नारा ‘दिगो आरोहण’ थियो ।


Author

थप समाचार
x