सिनेमा

तमिल फिल्म ‘आरआरआर’लाई अमेरिकाको गोल्डेन ग्लोबमा दुई मनोनयन

इकागज |
मंसिर २७, २०७९ मंगलबार १०:० बजे

मुम्बई - एसएस राजामौली निर्देशित पिरियड फिल्म ‘आरआरआर’ले गोल्डेन ग्लोबमा दुई मनोनयन हात पार्न सफल भएको छ । फिल्मले गैर अंग्रेजी भाषामा बनेका फिल्ममध्ये उत्कृष्ट फिल्म र ‘नाटु नाटु’गीतबाट संगीततर्फ मनोनयन पाएको हो । 

गोल्डेन ग्लोबमा पाएको यो मनोनयनले यो फिल्मलाई अस्करमा पनि मनोनयनका लागि बाटो खुलेको संकेत गरेको छ । ‘आरआरआर’ गैर अंग्रेजी उत्कृष्ट फिल्मका लागि कोरियन फिल्म ‘डिसिजन टु लिभ’, जर्मन फिल्म ‘अल क्वाइट अन दि वेस्टर्न फ्रन्ट’, अर्जेन्टिनी फिल्म ‘अर्जेन्टिना १९८५’ र फ्रेन्च–डच कमेडी ‘क्लोज’सँग प्रतिस्पर्धा गर्नेछ । 


गोल्डेन ग्लाबले जनवरी १० मा योसँगै अन्य विधामा विजेता फिल्मको घोषणा गर्नेछ । ‘नाटु नाटु’ गीतका लागि यसका संगीतकार एमएम केराभानीले हालसालै एलए फिल्म क्रिटिक अवार्ड जितेका थिए । एसएस राजामौलीले फिल्मलाई अस्कर अवार्डमा मनोनयनका लागि तीव्र लबिङ गरिरहेका छन् ।

भारतबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सिफारिसमा नपरेपछि राजामौलीले अमेरिकामा न यो फिल्म रिलिज गरेर प्रतिस्पर्धाका लागि बल गरिरहेका छन् । रामचरण र जुनियन एनटीआर अभीनित यो फिल्मले बेलायती उपनिवेशको समयको कथा प्रस्तुत गर्छ । 


Author

थप समाचार
x