सिनेमा

दीपिकाको लुगाले मध्य प्रदेशमा बबाल

इकागज |
मंसिर २९, २०७९ बिहीबार १०:२८ बजे

मुम्बई- दीपिका पादुकोनले गीतमा लगाएको एउटा लुगालाई लिएर मध्य प्रदेश सरकार उत्तेजित भएको छ । ‘पठान’को हालै सार्वजनिक ‘बेसरम’गीतमा दीपिकाले लगाएको केशरी रङको लुगालाई लिएर मध्य प्रदेश सरकारका मन्त्री र विपक्षी पार्टीका नेता विरोधमा उत्रेका छन् । 

फिल्मको गीत हेरेर राज्यका गृहमन्त्री नरोत्तम मिश्रले गीतमा दीपिकाले लगाएको लुगा भारतीय समाज सुहाउँदो नभएको बताएका छन् । उनले निर्माण टिमले कि त त्यो गीत हटाउनु पर्ने कि त दृश्य परिवर्तन गर्नुपर्ने नत्र भने सरकारले फिल्मविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् । 


‘दीपिकाले लगाएको लुगाले हाम्रो आस्थालाई प्रहार गरेको छ र गीत फोहोरी मनसायका साथ खिचिएको छ । लुगा र दृश्य परिवर्तन गर्नुपर्छ । हैन भने मध्यप्रदेश सरकार फिल्मविरुद्ध कारबाही गर्न बाध्य हुन्छ,’ मिश्रले भनेका छन् । 

गीतमा दीपिकाले लगाएको लुगालाई लिएर हिन्दू समर्थक मोर्चाका अनेक संगठन पनि विरोधमा उत्रिएका छन् । उनीहरूले आफूहरूले पवित्र मानेर लगाउने रङलाई गलत मनसायका साथ प्रस्तुत गरेको भन्दै गीत र फिल्मको विरोध गरिरहेका छन् । भारतमा साधुसन्तले गेरु रङको लुगा लगाउने गरेका छन् । 


Author

थप समाचार
x