सिनेमा

आईएमडीबीमा भारत : फिल्ममा ‘आरआरआर’, सिरिजमा ‘पञ्चायत’मा धेरै दर्शकको चासो

इकागज |
मंसिर २९, २०७९ बिहीबार ११:३७ बजे

मुम्बई- आईएमडीबीले सन् २०२२ मा प्रदर्शित भारतीय फिल्म र सिरिजको सूची प्रकाशित गरेको छ । धेरै रेटिङ पाउने फिल्म र सिरिजको सूचीमा पहिलो स्थान ‘आरआरआर’ र ‘पञ्चायत’ले लिएका छन् । ‘आरआरआर’ फिल्मतर्फ पहिलो भएको हो भने ‘पञ्चायत’ सिरिजतर्फ । फिल्मको यो श्रेणी फिल्मको पेजमा दर्शकको प्रवेशका आधारमा निर्धारण गरिएको हो । 

एसएस राजामौली निर्देशित ‘आरआरआर’ले फिल्मतर्फ पहिलो स्थान हात पार्दा दोस्रो स्थान विवेक अग्निहोत्री निर्देशित ‘काश्मिर फाइल्स’ले हात पारेको हो । प्रशान्त निल निर्देशित ‘केजीएफ २’ तेस्रो स्थानमा छ । कमल हासन अभीनित ‘विक्रम’ यो सूचीको चौथो स्थानमा छ । रिसभ सेठ्ठीको ‘कान्तारा’ले पाँचौँ स्थान हात पार्न सफल भएको छ । 


माधवन अभीनित तथा निर्देशित ‘रकेट्री’ र ‘मेजर’ क्रमशः छैटौँ र सातौँ स्थानमा छन् । दलकिर सलमान र मृनाल अभीनित ‘सीतारामम्’ आठौँ स्थानमा छ भने नवौँ स्थानमा छ, मणिरत्नम् निर्देशित ‘पन्नियन सेल्भन’ । सूचीको दसौँ स्थानमा छ रक्षित सेठ्ठी अभीनित ‘७७७ चार्ली’ । 

सिनेमाबाहेक आईएमडीबीले सिरिजको पनि सूची जारी गरेको छ । सूचीको पहिलो स्थान ‘पञ्चायत’ले हात पारेको छ भने दोस्रो स्थानमा ‘दिल्ली क्राइम’को दोस्रो भाग रहेको छ । सूचीको तेस्रो, चौथो र पाँचौँ स्थानमा क्रमश ः ‘रकेट ब्वाइज’, ‘ह्युमन’ र ‘उपहरण’ रहेका छन् । ‘गुलक’ छैटौँ स्थानमा छ भने सातौँमा छ ‘एनसीआर डेज’ । ‘अभय’ कुनाल खेमुको ओटीटी डेब्यू रहेको सिरिज आठौँमा सूचीकृत छ भने ‘क्याम्पस डायरिज’ नवौँ स्थानमा । ‘कलेज रोमान्स’ सूचीको दसौँ स्थानमा छ । 


Author

थप समाचार
x