सिनेमा

सौतेनी छाेरा फरहानको वेब सिरिज खेल्दै शबाना

इकागज |
पुस १०, २०७९ आइतबार १४:२२ बजे

मुम्बई -  अभिनेत्री शबाना आजमीले अभिनयमा सक्रिया देखाएकी छिन् । निर्माता करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गरेकी शबाना छोरा फरहानसँग रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्टले बनाउन लागेको वेब सिरिजमा सहकार्य गर्न लागेकी हुन् । शबाना फरहानकी सौतेनी आमा हुन् । जावेद अख्तरले शबानासँग दोस्रो विवाह गरेका हुन् । 

यो वेब सिरिजको निर्देशन ‘मार्गरिटा विद ए स्ट्रा’ फेम सोनाली बोसले निर्देशन गर्नेछिन् । सिरिजको लागि सोनालीको पहिलो रोजाइ शबाना नै थिइन् । उनले फरहानलाई  यही कुरा बताएपछि फरहानले शबानासँग कुरा गर्न अनुमति दिएका थिए । तर, सिरिजका लागि शबानाको समय तालिका मिलाउन केही समस्या देखिएको बताइएको छ । सूत्रकाअनुसार शबाना स्टिवन स्पिलबर्गको ‘हेलो सीजन २’मा व्यस्त छिन् ।


‘समय नजुधोस् भनेर शबानाले प्रयास गरिरहेकी छन् । शबानाले हेलो सीजन २’​मा  शोनालीको वेब सिरिजमा जोडिनुअघि नै काम सुरु गरिसकेकी थिइन् । तर, शबाना शोनालीसँग काम गर्न जति उत्साहित छिन्, त्यति नै छोरा फरहानसँग दोस्रो पटक काम गर्न पाउँदा छिन्,’ सिरिजका एक सदस्यले भनेका छन् ।

शबानाले यसअघि फरहानका साथ ‘पोजेटिभ’ नामक सर्ट फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्मको निर्देशक फरहानले नै गरेका थिए । फिल्ममा उनको को–स्टार बोमन इरानी थिए ।


Author

थप समाचार
x