त्रिशला गुरुङकोे स्वरमा 'चि मुसी ची' को गीत सार्वजनिक
काठमाडौँ- आगामी पुस २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'चि मुसी ची : इभन डेड डिजायर बिलङ्गिङ' पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक कथा बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा स्थान दिइएको छ ।
म्युजिक प्रोडुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा शाक्क र विराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङकोे पनि स्वर सुन्न सकिन्छ । त्रिशलाले चि मुसी चि जस्तो फरक जनराका हरर थ्रिलर सिनेमामा स्वर दिन पाउँदा खुशी लागेको अनुभव साटिन् ।
निर्देशक मर्ण जेम्सले पनि सिनेमामा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएको बताइन् । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा रवीन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकार अभिनय रहेको छ ।
सिनेमाले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने निर्माण पक्षको विश्वास छ । सिनेमाको सार्वजनिक ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएकाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।
सिनेमालाई मर्ण जेम्स र यश सैनीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । सिनेमाको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्ती हुन् । उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकहरुको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्माता चक्रवर्ती बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया