सिनेमा

'पठान'माथि भारतीय सेन्सर बोर्डको कैंची, फिल्मसँगै गीत पनि सम्पादन गर्न निर्देशन

इकागज |
पुस १४, २०७९ बिहीबार १२:३६ बजे

मुम्बई - गीतकार प्रशुन जोशी अध्यक्ष रहेको भारतको फिल्म सेन्सर बोर्डले शाहरुख खान अभीनित 'पठान'को गीत सेन्सरका लागि आदेश दिएको छ । बोर्डले फिल्मका केही दृश्य र सार्वजनिक भएपछि विवादमा आएका गीत पनि सम्पादन गरेर पुनः सेन्सरका लागि आउन आदेश दिएको हो । 

अध्यक्ष प्रशुन जोशीले बोर्ड सिर्जनाको स्वतन्त्रताको पक्षमा रहँदा रहँदै पनि कतिपय कुरामा सामाजिक संवेदना पनि ख्याल गरिनुपर्ने भन्दै बोर्डले केही दृश्य सम्पादनका लागि निर्मातालाई सन्देश पठाएको जनाएका छन् । सार्वजनिक भए लगत्तै दीपिका पादुकोनको गेरु वस्त्रलाई लिएर धार्मिक अतिवादीले आपत्ति जनाएका थिए । यसमा बीजेपीका नेताहरुसमेत सामेल थिए । 


गीतबाहेक बोर्डले फिल्मका कुन दृश्यमा आपत्ति जनाएको हो भन्ने कुरा भने सार्वजनिक भएको छैन । भारतमा बीजेपी सत्तामा आएपछि फिल्मका सानातिना दृश्यलाई लिएर पनि विवाद हुने गरेको छ । पठान यो कडीको नयाँ फिल्म हो । 


Author

थप समाचार
x