सिनेमा

भान्जा–भान्जी र फिल्म सँगै रिलिज हुने सम्भावना छ

इकागज |
पुस १५, २०७९ शुक्रबार ११:१९ बजे

काठमाडौँ - अभिनेत्री रेखा थापाले बच्चा र फिल्मसँगै रिलिज हुने सम्भावना रहेको बताएकी छिन् । उनले ‘ह्यारी कि प्यारी’को ‘धरहरा’ गीतको रिलिज कार्यक्रममा सन्तान र फिल्म कुन पहिले हेर्न पाइन्छ भन्ने प्रश्नमा दुवै कुरा सँगै आउने सम्भावना रहेको बताइन् ।

‘फिल्मको पनि हामी तयारी गरिरहेका छौँ । ढिलोमा पनि वैशाखमा सुटिङमा जान्छौँ । अनि जहाँसम्म बच्चा बच्चीको कुरा छ, त्यो पनि भगवानले चाहानु भयो भने भइहाल्छ । यसरी बुझुनुस् न, भान्जा–भान्जी र फिल्म सँगसँगै आउने सम्भावना पनि छ,’ रेखाले भनिन् ।


रेखाले अहिले एकसाथ दुइटा फिल्मको तयारी भइरहेको र एउटा भदौमा प्रदर्शन गर्ने गरी सुटिङ गर्ने गर्न लागेको जनाएकी थिइन् । उनले राजनीतिमा लागे पनि पहिलो प्रेम सिनेमा नै भएकाले यो क्षेत्र छाडेर जाने बारेमा नसोचेको बताएकी थिइन् ।

‘आज म जे छु, यही सिनेमाका कारण छु । महाधिवेशन र चुनावका कारण फिल्म गर्न नपाएको हो । अब चाँडै सिनेमा गर्दैछौँ,’ उनले भने । रेखा पछिल्लो समय ‘रुद्रप्रिया’मा देखिएकी थिइन् । आफैँले निर्माण गरेको यो फिल्ममा रेखाले आर्यनसँग जोडी बाँधेकी थिइन् । 
 


Author

थप समाचार
x