सिनेमा

‘अवतार’को रफ्तार : १४ दिनमा १ अर्ब तर अझै घाटामा

इकागज |
पुस १५, २०७९ शुक्रबार १३:६ बजे

लसएन्जल्स - जेम्स क्यामरुनको ‘अवतारः दि वे अफ वाटर’ यो अंग्रेजी वर्षमा सबैभन्दा छिटो एक अर्ब अमेरिकी डलर कमाउने फिल्म बनेको छ । यो फिल्मले जम्मा १४ दिनमा यो आँकडा छोएको हो र अवतार यो उपलब्धि हासिल गर्ने वर्षको तेस्रो फिल्म हो । यसअघि टम क्रुज अभीनित ‘टप गन माभरिक’ र ‘जुरासिक वल्र्ड डोमिनियन’ले १ अर्ब बढीको व्यापार गरेका थिए । 

तर जेम्स क्यामरुनका अनुसार यो फिल्मले लगानी उठाउन अझै १ अर्ब कमाउनुपर्नेछ । सुटिङदेखि क्यामरादेखि अन्य पूर्वाधार निर्माणका लागि मात्र निर्माताले यसमा अर्बौँ खर्च गरेका थिए । यो फिल्म खिच्नलाई नै नयाँ क्यामेरा बनाएको समेत चर्चा थियो । १२ वर्षपछि ‘अवतार’को सिक्वेलमा रुपमा आएको फिल्मको कमाइले केही समीक्षकलाई भने चकित बनाएको छ । केही समीक्षकले फिल्ममा पानीबाहेक अरु केही हेर्न लायक नभएको समीक्षा लेखेका थिए । 


तर यसको पहिलो भाग भने अहिलेसम्मकै सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रुपमा दर्ज छ । यो फिल्मले २ अर्ब ४७ करोड अमेरिकी डलर कमाइ गरेको थियो । 
तर यसको रफ्तारले ‘टप गन’लाई उछिने पनि पूरा लगानी उठाउन नसक्ने प्रक्षेपण छ । यसका बाँकी तीन सिक्वेल अब दुई वर्षको अन्तरालमा आउने छन् ।  तेस्रो सिक्वेलको २०२४ मा आउँदैछ भने बाँकी दुई सिक्वेल २०२६ र २०२८ मा रिलिज हुनेछन् । 


Author

थप समाचार
x