सिनेमा

ऋतिकलाई ‘विक्रम वेधा’को पछुतो

इकागज |
पुस १६, २०७९ शनिबार १७:३२ बजे

मुम्बई- बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम वेधा’ गत सेप्टेम्बरमा रिलिज भएको थियो । दुई ठूला स्टारको अभिनयका बाबजुद पनि फिल्म बक्स अफिसमा पूर्ण रूपमा फ्लप भयो । फिल्म असफलताको लामो समयपछि ऋतिकले मुख खोल्दै ‘विक्रम वेधा’मा काम गर्दा पछुतो लागेको उल्लेख गरेका छन् ।

‘फिल्म विक्रम वेधाले बक्स अफिसमा मेरो आशाको हिसाब विपरीत प्रदर्शन गर्यो । यो असफल हुँदा यसले म भित्र केही न केही हलचल पैदा गरेको छ,’ ऋतिक भन्छन्, ‘यो फिल्मको असफलताबाट मैले के सिके भन्ने कुराको महसुस मलाई पछि होला । तर, एउटा कुरा के तय भएको छ भने मेरा प्रशंसकले मलाईं एकै किसिमको भूमिकामा हेर्न चाहेका रहेछन् । यो पटक मैले केही अलग गर्न चाहेँ, जुन कुरा दर्शकले चाहेनन् ।’


फिल्ममा ऋतिक वेधा नामको भिलेन चरित्रमा थिए । जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए ।

‘मैले निभाएको चरित्रलाई दर्शकले मन पराएनन् । अब मैले सोचेर बुझेर स्क्रिप्ट र चरित्र छान्नुपर्ने भएको छ । यस्तो फिल्म गर्न अब म दुई पटक सोच्नेछु,' उनले भनेका छन् ।

महंगो बजेटको यो फिल्मले बक्स अफिसमा केवल ७९ दशमलव  ५३ करोडको मात्र व्यापार गरेको थियो ।


Author

थप समाचार
x