सिनेमा

एक्सन अवतारमा सुशीलको ‘द आउट ल’ घोषणा

इकागज |
पुस १७, २०७९ आइतबार ९:१२ बजे

काठमाडौं –: रेट्रो गु्रपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउटल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

अभिनेता सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने ‘द आउट ल’  पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।


कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्नेछ । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । त्यस्तै पपुलर मोडल शिक्षालाई अहिलेसम्म कुनैपनि चलचित्रमा दर्शकले देख्न पाएका छैनन् ।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत चलचित्र 'प्रेम गीत ३' का आर्ट डिरेक्टर समेत हुन् । संयोगको कुरा त के छ भने, यो चलचित्र निर्माण टिममा अधिकांश फिल्म पढेका र ३० वर्ष मुनिका युवाहरु छन् ।

निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पुर्ण तयारी पूरा भएको बताए । उनले जनवरी जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए । उनले भने, ‘चलचित्रको कथा असाध्यै दमदार छ । युथ टार्गेट स्टोरी कथामा निर्माण हुने चलचित्र मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले चलचित्रको आउटपुट राम्रो निस्कने विश्वास छ ।’नविन गुरुङ चलचित्रका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्र आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।


Author

थप समाचार
x