सिनेमा

९ करोड कमाउने निर्माता र आर्यनको दाबीलाई दर्शकको झडका : ‘डिसेम्बर फल्स’मा छैनन् दर्शक

इकागज |
पुस १८, २०७९ सोमबार ११:३६ बजे

काठमाडौंँ - ‘डिसेम्बर फल्स’ रिलिजअघि निर्माता रामप्रसाद रिजालले एउटा अन्तर्वार्तामा दाबी गरेका थिए –फिल्मले ९ करोड कमाउँछ । उनको यो दाबीलाई धेरैले पत्याएका थिएनन् । फिल्मको ट्रेलर लन्चमा पत्रकारले निर्माताको यो दाबीको बारेमा प्रश्न सोधेका थिए ।

आर्यनले पनि जवाफमा ९ करोड कमाउन सक्ने दाबी गर्दै फिल्मको सकेसम्म तारिफ गरेका थिए । तर ल्होसार र अंग्रेजी नयाँ वर्षको विदाको अवसर पाएको फिल्मले निर्माताको दाबीको छेउछाउ त परेको कुरा दाबीको एकांश पनि  पुग्ने व्यापार गर्ने छाँट देखाएन । विकेन्डका तीन दिनमै फिल्मले एउटा सो पनि भरिने दर्शक पाएन । 
यति मात्र होइन आर्यन सिग्देल र उपासनाको मुख्य भूमिका रहेको फिल्मले राम्रो समीक्षा पनि पाएको छैन । फिल्मको कथा वस्तु रोचक भए पनि प्रस्तुतिमा चुकेको समीक्षाहरूको सार रहेको छ । यो फिल्मलाई भारतमा फिल्म क्षेत्रमै काम गरिरहेको भनिएका प्रबिन झाले निर्देशन गरेका हुन् । छायाँकार पनि मुम्बईबाटै आएको निर्माण पक्षको दाबी छ । 


योसँग आर्यन सिग्देलको एउटा क्लिन हिटको तृष्णा अपुरो रहेको छ । ‘नोभेम्बर रेन’ यता आर्यन अभीनित कुनै पनि फिल्मले हिटको ट्याग पाएका छैनन् । 


Author

थप समाचार
x