सिनेमा

‘डिसेम्बर फल्स’ जोडी आर्यन र उपासना दुई फरक फिल्ममा अनुबन्धित

इकागज |
पुस २१, २०७९ बिहीबार १५:५८ बजे

काठमाडौँ - हिरोहरूका लागि लक्की चार्म मानिएकी उपासनासिंह ठकुरीले आर्यन सिग्देलले उद्धार गर्न सकिनन् । उनको र आर्यनको जोडी रहेको ‘डिसेम्बर फल्स’ले बक्स अफिसमा कमजोर प्रदर्शन गर्यो । तर यी दुवैलाई यो फिल्मको व्यापारले खासै प्रभाव पनि पारेन । हलमा दुवै अभीनित फिल्मले दर्शकको खडेरी बेहोरिरहँदा दुवैलाई दुई फरक निर्माताले अनुबन्ध गरेका छन् । 

आर्यन सिग्देललाई मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्मका लागि निर्माताले अनुबन्ध गरेका हुन् भने उपासनालाई ‘दुई नम्बरी’ निर्माता किरण नेपालीले उनको नयाँ फिल्म ‘हात्तीछाप’मा अनुबन्ध गरेका हुन् । आर्यनले खेल्ने भनेको यो फिल्ममा मुकुन भुसाल पहिले नै अनुबन्ध भइसकेका छन् भने ‘हात्तीछाप’ मा दयाहाङ राई र सौगात मल्ल अनुबन्ध भइसकेका थिए । यी दुवै फिल्मको सुटिङ फागुनको अन्त्यतिर हुने चर्चा छ । 


आर्यनले खेल्ने फिल्मका लागि निर्माताहरू हिरोइनको खोजीमा छन् । निर्माण टिमले केही दिनअघि फिल्मका लागि पूजा शर्मालाई प्रस्ताव गरेको भए पनि पूजाले आफैँ फिल्म निर्माणमा समय दिने भन्दै फिल्म खेल्न नसक्ने जानकारी गराएकी थिइन् । निर्माण टिमले आर्यनसँग जोडी सुहाउने अन्य हिरोइनको खोजी गरिरहेको छ । 


Author

थप समाचार
x