सिनेमा

गृहमन्त्री रवि लामिछानेलाई व्यंग्य गर्दै अभिनेत्री सुरक्षाको कविता

इकागज |
पुस २४, २०७९ आइतबार १२:५ बजे

काठमाडौँ -  अभिनेत्री सुरक्षा पन्त आजभोलि कविको संगतमा छिन् । हाल प्रसारण भइरहेको ‘पोयट आइडल’को चारजना मध्ये एउटा जज सुरक्षा पन्त पनि हुन् । त्यसैले आजभोलि उनी कविहरूको बाक्लो संगतमा छिन् । यसको असर उनी पनि कवि बनेकी छिन् । केही दिनअघि प्रसारण भएको शृंखलामा सुरक्षाले पनि कविता वाचन गरेकी थिइन् । 

तर आइतबार बिहान उनले यो परिचयलाई थप घनिभूत बनाउने उद्देश्यसहित एउटा कविता पोस्ट गरेकी छिन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सलामी लिँदै गरेको फोटो पोस्ट गर्दै उनले ठिक्कको लम्बाइको ‘पिर्का’ शीर्षकको कविता लेखेकी छिन् जहाँ उनले पिर्कालाई हिमालसँग तुलना गरेकी छिन् । घुमाउरो गरी पिर्कामाथि लेखिएको उनका कविताले रवि लामिछानेलाई गिज्याएको हरकोहीले अनुमान गर्न सक्छ ।


गृहमन्त्री भए लगत्तै घोषणामाथि घोषणा गरिरहेका रवि लामिछानेले पिर्कामाथि बसेर सलामी लिन नचाहेको भन्दै उनका भक्तहरूले सामाजिक सञ्जाल रंगाएको थिए । तर भक्तिगानका पोस्ट टाइमलाइनबाट नहराउँदै रवि लामिछानेले पिर्कामाथि बसेर सलामी लिइरहेको नयाँ फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफूले गरेको वाचामा दुई दिन पनि टिक्न नसकेको देखेपछि सम्भवतः सुरक्षा हैन सुरक्षाभित्रको कविलाई झोँक चलेको छ । त्यसैले उनले रविको पिर्कामाथि बसेको फोटोसँगै कविता लेखेर पोस्ट गरेकी छिन् । हेर्नुस् सुरक्षाको कविता : 

 


Author

थप समाचार
x