‘लाखे’ निर्माताको नयाँ फिल्ममा दीपेन्द्र लामा निर्देशक
काठमाडौँ - ‘नांगो गाउँ’ निर्देशनको तयारी गरिरहेका निर्देशक दीपेन्द्र लामाले अर्को फिल्म साइन गरेका छन् । ‘लाखे’ निर्माता हरिमल्ल ठकुरीको निर्माण रहने फिल्मका लागि लामालाई निर्माण टिमले मंगलबार अनुबन्ध गरेको हो ।
लामाले ‘नांगो गाउँ’पछि यसको काम थाल्ने बताएका छन् । दयाहाङ राई र मिरुना मगरको जोडी रहने ‘नांगो गाउँ’को चैतमा सुटिङ हुँदैछ । राजनीतिक कथामा निर्माण हुने फिल्मका लागि बाँकी कलाकार अनुबन्ध गर्ने तयारी भइरहेको छ । दुवै फिल्ममा दीपेन्द्र लामाको लेखन रहनेछ । ‘घामपानी’बाट निर्देशनमा डेब्यू गरेका लामाले ‘गोपी’ ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ निर्देशन गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया