सिनेमा

रिहाना, टेलर स्विफ्ट र लेडी गागालाई पछि पार्दै 'आरआआर'को 'नाटु नाटु'लाई गोल्डेन ग्लोब

इकागज |
पुस २७, २०७९ बुधबार ९:८ बजे

लसएन्जल्स - गोल्डेन ग्लोबमा दुई विधामा मनोनयनमा परेको आरआरआरले एउटा विधामा अवार्ड जितेको छ । फिल्म गीत र उत्कृष्ट विदेशी फिल्म गरी दुई विधामा मनोनयनमा परेको थियो । बुधबारको समारोहमा फिल्मको 'नाटु नाटु' गीतले मौलिक गीतको विधा अन्तर्गत अवार्ड चुमेको हो ।

आरआरआर अर्को अवार्ड जित्न भने असफल रहेको छ ।  गैर अंग्रेजी भाषाका फिल्ममा पनि मनोनयनमा रहेको फिल्मले अर्जेन्टिनी फिल्म 'अर्जेन्टिना १९८५'सँग हारेको हो । गैर अंग्रेजी भाषाका उत्कृष्ट फिल्मले दिने यो अवार्ड अर्जेन्टिना १९८५ले जितेको हो । 


गोल्डेन ग्लोबमा भारतका लागि दोस्रो अवार्ड ल्याउने क्रममा यसका संगीतकार एम के केराभानीले रिहाना, टेलर स्विफ्ट र लेडी गागालाई पछि पारेका हुन् । 
भारतमा यसअघि एआर रहमानले यो अवार्ड जितेका थिए । रहमानले '१२७ आवर्स' फिल्मका लागि गोल्डेन ग्लोब जितेका थिए । 
 


Author

थप समाचार
x