‘निफ’को जुरीमा थपिए प्रियंका कार्की र इन्द्रलाल बलामी
काठमाडौँ - आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरी कमिटीमा प्रियंका कार्की र इन्द्रलाल बलामी थपिएका छन् । ‘निफ’को जुरीमा अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा र माया एकेडेमीका इन्द्र लाल बलामी छोटा र वृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।
यस वर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया) समेत आयोजना गरिने आयोजकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया