‘बुलाकी’ टिजर : कर्णालीको कथामा सुरक्षाको प्रभावशाली झलक
काठमाडौँ- कर्णालीको कथा पस्कने ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । कर्णालीको संस्कार र संस्कृतिलाई कथानक रुप दिई प्रस्तुत गरिएको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्टको अभिनय रहेको छ । फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।
टिजरले कर्णालीको भूगोलमा बाँझी हुन गएकी महिलाको भोगाइलाई विषय बनाएको छ । फिल्ममा सुरक्षा पन्तले सो भूमिका निर्वाह गरेकी छिन् । कर्णालीको लुगा र लवज दुरुस्त टिपेकी सुरक्षाको टिजरमा दमदार उपस्थिति देखिएको छ ।
‘बुलाकी’ वैशाख १ मा प्रदर्शनमा आउनेछ । यसअघि कात्तिक १८ मा सार्वजनिक प्रदर्शनमा आउने घोषणा गरेको फिल्म सरेर फागुन १९ मा पुगेको थियो । त्यहाँबाट पनि सर्दै फिल्म नयाँ वर्षमा पुगेको हो ।
सिनेमामा सुरक्षा, नरेन र बिराजका अलवा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गरेका छन । अभिनेता बिष्ट र निर्देशक सुनारले 'बुलाकी'बाट नेपाली सिनेमा क्षेत्रमा अभिनेता र निर्देशकको रुपमा डेब्यू गर्न लागेका हुन्।
छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिव ढकालले खिचेका हुन् । कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृति समेटिएको सिनेमालाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया