Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सिनेमा

सलमानदेखि तमन्नासम्म जो कहिलै गर्दैनन् पर्दामा चुम्बन

इकागज |
फागुन २, २०७९ मंगलबार १६:२७ बजे

मुम्बई-  केही समयअघि अभिनेत्री तमन्ना भाटियालाई प्रेमी विजय बर्मालाई मायाले चुम्बन गर्दै गरेको फोटो सार्वजनिक भयो । अफेयरको चर्चाबाट टाढा रहँदै आएकी तमन्नाको यो फोटो प्रेमी सार्वजनिक भएका कारण होइन कि उनले चुम्बन गर्दै गरेका कारण धेरैको चासोमा परेको थियो । किनकि तमन्ना भारतकी ती संस्कारी अभिनेत्रीमा पर्छिन् जसले पर्दामा सकभर चुम्बनका दृश्य नदिने सार्वजनिक घोषणा मात्र गरेकी छैनन्, इमानदारीका साथ पालना पनि गर्ने गरेकी छिन् । 

चुम्बन र अन्तरंग दृश्य बलिउड फिल्मका मसाला हुन् । निर्माता निर्देशक कुनै न कुनै रुपमा हिरोइनलाई यस्ता दृश्यमा देखाएर बक्स अफिसमा पैसा छाप्ने ध्याउन्नमा रहन्छन् । तर बलिउडमा तमन्नाबाहेक अरु पनि अभिनेता अभिनेत्री छन् जसले पर्दामा चुम्बन गरेको दृश्य दिनबाट अहिलेसम्म आफूलाई बचाउँदै आएका छन् ।


सलमान खान : पर्दामा चुम्बन गरेका दृश्य नदिनेमा सलमान खान पहिलो नम्बरमा आउँछन् । उनले सार्वजनिक रुपमै आफूले यस्ता दृश्य नदिने घोषणा गरेका छन् र लगभग पालना पनि गर्दै आएका छन् । सलमानलाई रोमान्स गरेका त देख्न सकिन्छ तर उनको रोमान्स ओठसम्म पुग्दैन । 

तमन्ना भाटिया : यो सूचीमा तमन्ना भाटियाको नाम पनि सामिल छ । तमन्नाले पर्दामा चुम्बनका दृश्य दिन आफूलाई लाज लाग्ने र पारिवारिक दर्शकलाई पनि लाज लाग्ने कारणले चुम्बन दृश्य नदिने बताएकी छिन् । उनले विकनीका दृश्य पनि दिने गरेकी छैनन् ।

सोनाक्षी सिन्हा : सलमानको फिल्मबाट बलिउडमा डेब्यू गरेकी सोनाक्षी सिन्हाले पनि अहिलेसम्म पर्दामा चुम्बनमा दृश्य दिएकी छैनन् । रितेश देशमुख पर्दामा चुम्माचाटीका दृश्य परहेज गर्नेमा रितेश देशमुख पनि पर्छन् । रितेशले ‘मस्ती’ र ‘ग्रान्ड मस्ती’ जस्ता डबल मिनिङ संवादले भरिएका फिल्म पनि गरेका छन् तर पर्दामा चुम्बन गरेका छैनन् । उनले ‘जाने कहाँ से आयी है’ भन्ने फिल्ममा चुम्बनको दृश्य दिन नमानेको समाचार पनि आएका थिए । 

असिन : ‘गजनी’बाट बलिउडमा डेब्यू गरेकी दक्षिण भारतीय अभिनेत्री असिन पनि पर्दामा चुम्बन गर्न नमान्ने हिरोइनमध्ये पर्छिन् । ‘रेडी’मा सलमान खान र उनको अँगालो मारेको दृश्यसम्म देख्न सकिन्छ तर दुवैले एउटै नीति मान्ने भएका कारण चुम्बन भने गरेका छैनन् । 

बबी देओल :देओल परिवार बलिउडमा सुसंस्कृत परिवार मानिन्छ । यो संस्कार उनीहरूले पर्दाबाहिर मात्र होइन भित्र पनि निर्वाह गरेका छन् । यसमा बबी देओल पनि पर्छन् । उनले पनि पर्दामा चुम्बन गर्ने दृश्य भएका फिल्म छाड्दै आएका छन् । जबकि तीन सिजन प्रसारण भइसकेको ‘आश्रम’मा उनले थुप्रै अन्तरंग दृश्य दिएको देख्न सकिन्छ ।


Author

थप समाचार
x