सिनेमा

सकियो ‘बाटो’को सुटिङ

इकागज |
फागुन २, २०७९ मंगलबार १६:५८ बजे

काठमाडौंँ - फिल्म ‘बाटो’को इन्ड क्ल्याप गरिएको छ । गत जेठ २९ गतेदेखि छायांकन सुरु भएको फिल्मको सोमबार (१ फागुनमा) इन्ड क्ल्याप गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको फिल्म उदयपुरको गाइघाट र काठमाडौंका बिभिन्न स्थानको छायांकनपछि सकिएको हो । फिल्मको अन्तिम दृश्य काठमाडौंको कोलोपुलस्थित एक घरमा खिचिएको थियो ।

काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मदन थापा हुन् । फिल्ममा लेखन समेत निर्देशक थापाकै रहेको छ । फिल्मका छायाँकार शरण ऋसी हुन् । निर्देशक थापा तथा छायांकार ऋसी निर्माण युनिटले चेन्नइबाट झिकाएको हो ।


रोड थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘बाटो’मा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायत मुख्य भुमिकामा छन् । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर पनि हुन् ।

फिल्मको पोष्ट प्रोडक्सनको पुरै कार्य मुम्बईमा हुनेछ । केही दिनभित्रै पोष्ट प्रोडक्सन सुरु हुने फिल्म अर्काे बर्ष भित्रमा रिलिज गर्ने योजना निर्माण युनिटको छ । फिल्म नेपाली सहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजीमा भाषामा समेत तयार हुने निर्माता चन्दन झाले जानकारी दिए ।


    
 
 


Author

थप समाचार
x