सिनेमा

के ‘छक्का पञ्जा ४’सँग खुसी छैनन् मलिना ?

इकागज |
फागुन ९, २०७९ मंगलबार १०:१७ बजे

काठमाडौँ - ‘छक्का पञ्जा ४’ फागुन १९ देखि प्रदर्शनमा आउँदैछ । फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेका छन् । गीत र ट्रेलर युट्युब ट्रेन्डिङमा १ नम्बरमा रहेर थप दर्शकसम्म पुगिरहेकोमा निर्माण टिम दंग छ । 

फिल्मको प्रचारका लागि अहिले दीपकराज गिरी र दीपाश्री निरौला भिडिरहेका छन् । तर फिल्मको प्रचारका लागि निर्देशक र बाँकी कलाकारको भने सक्रियता देखिएको छैन । अझ मलिना जोशीले त फिल्मसँग ‘कट्टी’ गरे जस्तो आभाष हुन्छ । किनकि दिनदिनै सामाजिक सञ्जालमा केही न केही पोस्ट गरिरहने मलिनाले भने न फिल्मको पोस्टर सेयर गरेकी छिन् न गीत न ट्रेलर । यसले के देखाउँछ भने निर्माण टिम र मलिनाबीचको सम्बन्ध सुमधुर छैन । 


हुन पनि निर्माण टिमले मलिनालाई न पोस्टरमा ठाउँ दिएको छ न ट्रेलरमा । ट्रेलरमा मलिना एकाध ठाउँमा छिन् त्यो पनि रजिस्टर नै नहुने गरी । यही कारण हो कि अरु पनि केही कारण छ तर फिल्मलाई लिएर मलिनाको उदासिनताले निर्माण टिम र उनका बीच सम्बन्ध सही नभएको संकेत गर्छ । 


Author

थप समाचार
x