सिनेमा

बंगलादेशमा ब्यान्ड भयो बलिउड फिल्म ‘फराज’

इकागज |
फागुन ९, २०७९ मंगलबार ११:४ बजे

मुम्बई - हंशल मेहता निर्देशित फिल्म ‘फराज’ बंगलादेशमा प्रतिबन्धित भएको छ । बंगलादेशको उच्च अदालतले फिल्मको प्रचार प्रसार तथा प्रदर्शन गर्न नपाउने निर्णय सुनाएको छ । अब फिल्म हलमा मात्र हैन अनलाइन प्लेटफर्ममा पनि देखाउन पाइने छैन । 

फिल्मले बंगलादेशको छवि बिगार्ने भन्दै परेको निवेदनमा फैसला सुनाउँदै उच्च अदालतले यस्तो निर्णय गरेको हो । फिल्म सन् २०१६को जुलाई १ मा बंगलादेशमा भएको घटनामा आधारित छ । त्यो दिन आतंककारी र बंगलादेशी सैनिकबीच भिडन्त भएको थियो । भिडन्तमा परी सर्वसाधारणसँगै ७ जना सिपाहीको मृत्यु भएको थियो । 


फिल्ममाथि प्रतिबन्ध लगाउनु पर्ने रिटमा वकिलले फिल्मले कानुन पालना गराउनुपर्ने निकायलाई समेत दोषी देखाएकाले यसले बंगलादेशको अन्तर्राष्ट्रिय छविलाई पनि असर पार्ने जिकिर गरिएको समाचारमा बताइएको छ । 


Author

थप समाचार
x