सिनेमा

‘नांगो गाउँ’मा कार्मसँग साम्राज्ञीको जोडी

इकागज |
फागुन ९, २०७९ मंगलबार ११:१२ बजे

काठमाडौँ-  निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कार्मको प्रवेश भएको छ । उनीहरुसँग निर्माणपक्षले सोमबार कागजी संझौता गरेको हो । फिल्ममा आफूहरुको भूमिका निकै मन परेर जोडिएको दुबै कलाकारले बताएका छन् । नेपाली फिल्म क्षेत्रका यी दुई चर्चित कलाकारले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

यो फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पुरा गरेको छ ।


आलोक शुक्लाको छायांकन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकार पनि फाइनल भैसकेका छन् । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । फिल्मलाई काभ्रेमा खिचिनेछ । यो फिल्ममा हिमाल शर्माको लगानी छ ।  

निर्देशक लामाले भने–‘मलाई साम्राज्ञी र कार्मसँग पहिलेदेखि नै काम गर्ने रहर थियो । यसपटक भूमिका पनि दुबैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुटेको छ ।’ निर्देशकीय हिसाबले लामाको यो पाँचौ फिल्म हो । यसअघि उनले ‘घामपानी, गोपि, छ माया छपक्कै र २ नम्बरी’ निर्देशक गरिसकेका छन् । ‘२ नम्बरी’ यो वर्षको सुपरहिट फिल्म हो । 


Author

थप समाचार
x