सिनेमा

पल शाह आज जेलमुक्त हुँदै

इकागज |
फागुन १५, २०७९ सोमबार ७:१० बजे

फाइल तस्बिर

काठमाडौं - एक वर्षदेखि तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुट्दैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिएपछि कलाकार शाह आज छुट्न लागेका हुन् । 

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दाबी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी विरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको विरुद्ध उनी उच्च अदालत गएका थिए ।


यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाई सकेका छन् । नाबालिग बलात्कार गरेको आरोपमा उनी गत वर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाहमाथि झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी थिइन् । 

उच्त अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परीक्षणगरी तनहुँ जिल्ला अदालतवाट छुट्ने तनुहँ कारागार प्रशासनले जनाएको छ ।


Author

थप समाचार
x