सिनेमा

निफमा सिनेमामा ‘भूराजनीति’को प्रभाव सम्बन्धी बहस

इकागज |
फागुन २९, २०७९ सोमबार १३:३५ बजे

काठमाडौँ- आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा जिओपोलटिक्स् (भूराजनीति) का सम्बन्धमा बृहत्त छलफल हुने भएको छ । चलचित्रमा भूराजनीतिले पारेको र पार्ने प्रभावमाथि सेसन केन्द्रित हुनेछ ।

‘भूराजनीतिमा सिनेमाको भुमिका’ विषयक उक्त सेसनमा ‘प्यानलिस्ट’हरु निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा. लिला न्याइच्याईं, युनेस्कोका डा. रोशन यादव र प्रो. खड्ग केसीले आफ्नो विचार र अनुभव सुनाउने छन् । ‘जिओपोलटिक्स्’ संसारमा अहिले सवैभन्दा धेरै चर्चा गरिने विषय समेत भएको छ । यस सेसेनको मध्यस्थता गर्ने छन्, पत्रकार योगेश ढकालले । यो सेसन आउँदो चैत ३ (२० मार्च) गते शुक्रबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ ।  


३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् ।

‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुनेछ ।  


Author

थप समाचार
x