सिनेमा

‘ज्याकीः आई एम ट्वान्टी वान’को 'कथा'मा खुलेका धिरज र जसिता

इकागज |
चैत ३, २०७९ शुक्रबार १७:१० बजे

काठमाडौँ- वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले पहिलो गीत सार्वजनिक गरेको छ । डान्स ड्रामा विधामा बनेको फिल्मले ‘कथा’ बोलको गीत सार्वजनिक गरेको हो । 

सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्य समेत गरेका थिए । यो गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ ।


भिडियोमा मुख्य कलाकारद्धय धिरज र जसितालाई फिचरिङ गरिएको छ । पाटनका गल्लीमा खिचिएको गीतले रोमान्स र सपनाको भावलाई कोरियोग्राफ गरेको छ । गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो । यो फिल्ममा सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

 सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको फिल्मलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । फिल्ममा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत छ ।

कार्यक्रममा बोल्दै नायक धिरज मगरले आफ्नो लागि ‘ज्याकीः आई एम ट्वान्टी वान’ करिअरकै विशेष फिल्म भएको बताए । यस्तै, नायिका जसिता गुरुङले एउटा फिल्मका लागि ३ बर्ष समय दिएको र फिल्मको लागि गरेको मिहिनेत सम्झँदा खुसी लाग्ने बताइन् ।

निर्देशक रेनशाले गाह्रो काममा नै आफूलाई हात हाल्न मन लाग्ने भन्दै ‘ज्याकीः आई एम ट्वान्टी वान’ निर्माण गर्नु चुनौतीको विषय भएको बताइन् । तर, फिल्मको विषयमा आफूले सधँै फरक सोच्ने भएकाले डान्सको कथा जन्मिएको उनको भनाइ छ । फिल्म वैशाख २१ गते हलमा लाग्दैछ । 


Author

थप समाचार
x