सिनेमा

केआरके विरुद्ध मनोज बाजपेयीको उजुरी

इकागज |
चैत ४, २०७९ शनिबार १५:१० बजे

मुम्बई - अभिनेता मनोज बाजपेयीले तथाकथिक समीक्षक केआरकेविरुद्ध इन्दोर अदालतमा मानहानीको मुद्दा दायर गरेका छन् । भारतीय समाचार माध्यमका अनुसार दुई वर्षअघि मनोज बाजपेयीले उनीविरुद्ध हालेको मुद्दामा इन्दोर अदालतले पक्राउ पूर्जी जारी गरेको हो । अदालतले बिहीबार उनलाई पक्रने आदेश दिएको समाचार जनाइएको छ ।

सन् २०२१ मा केआरकेले मनोज बाजपेयीलाई लागु औषध दुव्र्यसनी भएको बताएका थिए । मनोज बाजपेयीले उनको यही अभिव्यक्ति विरुद्ध उजुरी दिएका थिए । दुई वर्षपछि अदालतले सक्रियता देखाउँदै केआरके पक्रने आदेश दिएको हो । मे १० मा नयाँ पेसी तोकिएको छ । 


अदालतले केही पहिले नै उनलाई जमानत मिल्ने गरी हाजिर हुन आदेश जारी गरेको थियो । तर केआरके अदालतमा उपस्थित नै भएनन् । अदालतलाई यसरी उनले नटेरेको हुनाले पक्रने आदेश जारी गरेको बुझिएको छ । 

यता केआरकेका वकिलले भने मनोज बाजपेयीको मुद्दाविरुद्ध सर्वोच्चमा उल्टै उजुरी दिइसकेको बताएका छन् । केआरकेले मनोज बाजपेयीले मुम्बईमा उजुरी दिनुको साटो इन्दोर पुगेको भन्दै उनको आसयमाथि नै प्रश्न उठाएका छन् । 


Author

थप समाचार
x