सिनेमा

रानी मुखर्जीको फिल्म हेरेर रोइन् आलिया

इकागज |
चैत २७, २०७९ सोमबार १३:१६ बजे

मुम्बई - भर्खरै छोरीलाई जन्म दिएर अभिनयबाट ब्रेक लिएकी आलिया भट्टले अरुले अभिनय गरेका फिल्म हेर्नबाट भने छुट्टी लिएकी छैनन् । यसको प्रमाण उनले शनिबार इन्स्टामा स्टोरी राख्दै दिएकी छिन् । शनिबार उनले इन्स्टामा लामो स्ट्याटस लेख्दै रानी मुखर्जी अभीनित ‘मिस चटर्जी भर्सेज नर्वे’ हेरेर रोएको खुलासा गरेकी छिन् । शनिबार आलियाले आमा सोनी राजदान र बहिनी साहिन भट्टसँग ‘मिस चटर्जी भर्सेज नर्वे’ हेरेकी थिइन् । 

उनले लेखेकी छिन्, ‘शनिबारको दिनमा आमा र बहिनीसँग रोएर बित्यो । किनकि हामीले ‘मिस चटर्जी भर्सेज नर्वे’ हेर्यौँ । म नयाँ नयाँ आमा बनेकाले पनि मलाई फिल्मले असाध्यै छोयो । यो भनिनु पर्ने कथा रहेछ ।’आलियाले रानी मुखर्जीको तारिफ गर्दै रानी जस्तो कोही नभएको पनि बताएकी छिन् । उनको अभिनय र फिल्मले नर्वे र भारतको यात्रा गराउन सफल भएको आलियाले उल्लेख गरेकी छिन् ।


सागरिका चक्रवर्तीको जीवनी प्रेरित फिल्मले आमाले आफ्नो बच्चा सरकारबाट लिन गरेको संघर्षलाई प्रस्तुत गरेको छ । फिल्मको यसअघि शाहरुख खान, अर्जुन कपुर, कट्रिना कैफ आदिले पनि तारिफ गरेका थिए ।  


Author

थप समाचार
x