सिनेमा

आठ वर्षपछि ‘दिमाग खराब’मार्फत् निर्देशनमा कमब्याक गर्दै निश्चल

इकागज |
चैत ३०, २०७९ बिहीबार १३:४९ बजे

काठमाडौँ -आठ वर्षअघि ‘लुट २’ निर्देशन गरेर चुप्प बसेका निश्चल बस्नेतले चौथो फिल्मको रुपमा ‘दिमाग खराब’ निर्देशन गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमा फिल्म प्रदर्शनको मिति पनि सार्वजनिक गर्दै फिल्म निर्देशन गर्न लागेको जानकारी गराएका हुन् । 

उनले फिल्मको कथा मान्छे र शक्तिको वरिपरि रहने संकेत गरेका छन् । फिल्मलाई निश्चलले आकाश बरालसँग मिलेर लेखेका हुन् । फिल्मको छायांकन जेठदेखि गर्ने चर्चा छ । तर फिल्ममा रहने कलाकारको बारेमा भने जानकारी सार्वजनिक भएको छैन । 


फिल्ममा ‘छक्का पञ्जा’ समूहका केही कलाकारको पनि अभिनय रहने चर्चा छ । तर यो कुरा स्वतन्त्र रुपमा पुष्टि भएको छैन । योबाहेक दयाहाङ राई, सौगात मल्ल र स्वस्तिमा खड्का रहने चर्चा छ । ‘लुट २’ निश्चल अरुका फिल्मका आइटम गीत र म्युजिक भिडियोमा सक्रिय रहेका थिए । यही बीचमा उनले ‘प्रसाद’ र ‘घामड शेरे’ जस्ता फिल्ममा अभिनय गरेका थिए । 


Author

थप समाचार
x