सिनेमा

'जारी'को बिहीबार राजधानीमा प्रिमियर

इकागज |
बैशाख १, २०८० शुक्रबार १५:१९ बजे

शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा 'जारी'को बिहीबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमाको प्रिमियर शोमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

कवि तथा राजनितिज्ञ पनि उपेन्द्र सुब्बा निर्देशित 'जारी' हेर्न हल पुगेका थिए । सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा सवैले 'जारी' उत्कृष्ट मौलिक नेपाली सिनेमा बनेको भन्दा प्रसंशाको ओइरो लगाएका थिए । सिनेमा अग्रीम टिकट बुकिङ पनि उच्च रहेकाले बम्पर ओपनिङ गर्ने निश्चित भैसकेको थियो ।


बैशाख १ गतेबाट प्रदर्शनमा आएकको सिनेमाको प्रिमियर हेर्न निर्देशक निश्चल बस्नेत, निर्माता तथा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ, निर्माता सरोज न्यौपाने, लेखक प्रदीप भारद्धाज, अभिनेता अरुण क्षेत्री, राजन खतिवडा, अनुप बराल, अभिनेत्री ऋचा शर्मा, सिर्जना लिम्बु, वर्षा सिवाकोटी, बेनिशा हमाल, अञ्जना बराईली, कवि नवराज वाग्ले, विप्लप प्रतिक लगायत हल पुगेका थिए ।

सिनेमाले प्रिमियर शोमा 'जारी'ले उत्कृष्ट प्रतिक्रिया पाएपछि डेव्यु निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, परिक्षा लिम्बु हर्षित देखिन्थे । सिनेमा छायांकनको करिब ३ बर्ष ५ महिनापछि सिनेमा रिलिज हुँदा निकै खुशी लागेको अभिनेता राईले बताए ।

यस्तै, अभिनेत्री मिरुना मगरले आफुले कबड्डी ४ भन्दा पहिले अभिनय गरेको सिनेमा जारी भएकाले पनि आफ्नो लागि यो सिनेमा बिशेष रहेको बताइन् । निर्देशक सुब्बाले सिनेमा लेख्न भन्दा निर्देशन गर्न निकै गाह्रो रहेको अनुभव सेयर गर्दै केही दिन यता जारी के होला ? दर्शकलाई मन पर्लाकी नपर्ला ? भन्ने पिरले सुत्न नसकेको बताए ।

जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।


Author

थप समाचार
x