सिनेमा

‘राधा’को बाटोमा ‘बुलाकी’, हलको विभेदमा परेको भन्दै उतारियो फिल्म

इकागज |
बैशाख ३, २०८० आइतबार १२:२१ बजे

काठमाडौँ - यही सालको भदौ १० मा रिलिज भएको फिल्म ‘राधा’ले हलबाट साथ नपाएको भन्दै रिलिज भएको तेस्रो दिन फिल्म हलबाट उतार्ने निर्णय गरेको थियो । यही नजिर पछ्याउँदै लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ले पनि आइतबारबाट फिल्म नचलाउने निर्णय गरेको छ । निर्माताले सामाजिक सञ्जालमा हलले विभेद गरेको भन्दै नचलाउने निर्णय गरेको उल्लेख गरेका छन् । आइतबारबाट फिल्मको सो ७० प्रतिशत घटेको छ । 

निर्माताले फिल्म नचलाउने निर्णय गरे पनि वितरकका तर्फबाट हललाई फिल्म उतार्न परिपत्र नगई सकेकाले हलमा अहिले पनि ‘बुलाकी’ यथावत छ । काठमाडौँका लगभग सबै मल्टिप्लेक्समा ‘बुलाकी’ एक दुई सोसहित चलिरहेको छ । ‘जारी’ र ‘बिहे पास’सँग एकै दिन रिलिज भएको फिल्मले कर्णाली प्रदेशमा रहेको जारी प्रथाको कथा प्रस्तुत गर्छ । नरेन खड्का र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका थिए । 



Author

थप समाचार
x