सिनेमा

पाइरेसी भएको भन्दै साइबर ब्युरोमा ‘जारी’ निर्माताको उजुरी

इकागज |
बैशाख ३, २०८० आइतबार १२:४४ बजे

काठमाडौँ - ‘जारी’का कार्यकारी निर्माता मणिराम पोखरेलले भोटाहिटीको साइबर ब्युरोमा अनुसन्धानका लागि उजुरी दिएका छन् । उनले प्रहरी प्रधान कार्यलयको साइबर ब्युरोमा उजुरी दिँदै वैशाख १ गतेबाट प्रदर्शन भएको फिल्म सामाजिक सञ्जालका विभिन्न माध्यममा सार्वजनिक भएको र यसले निर्मातालाई लाखौँको आर्थिक क्षति भएको भन्दै उजुरी दिएका हुन् । 


निर्माता पोखरेलले अनुसन्धान गरी कारबाही गरी पाऊँ भन्दै उजुरी दिएका हुन् । वर्षको पहिलो दिनदेखि प्रदर्शनमा आएको फिल्म टिकटक, फेसबुक, इन्स्टा, युट्युब चारैतिर उपलब्ध छ । यसअघि पनि दर्शकले रुचाएका फिल्म यसैगरी टिकटकमा सार्वजनिक हुने गरेका थिए ।

यसले निर्माताको लाखौँ रुपैँयाँ क्षति भएको भन्दै गुनासो आउने गरेको थियो । केही दिनअघि ‘छक्का पञ्जा ४’ पनि यसरी नै पाइरेसी भएको थियो । पाइरेसी नियन्त्रणमा हलले तदारुकता देखाउने गरेको छैन । पाइरेसी हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि हलले चासो लिएको छैन । 


Author

थप समाचार
x