विवाह बिनै बच्चा जन्माउन लागेपछि चर्चामा इलियाना
मुम्बई - ‘बर्फी’ अभिनेत्री इलियाना डिक्रुजले आफू आमा बन्न लागेको घोषणा गरेसँगै उनका फ्यानमा खलबली मच्चिएको छ । इलियानाले मंगलबार बिहानै इन्स्टामा बच्चाको लुगाको फोटो राख्दै यात्रा सुरु भएको स्ट्याटस लेखेकी थिइन् । उनले बच्चालाई भेट्न आतुर रहेको पनि बताएकी छिन् ।
तर इलियानाको यो खबरले धेरैलाई चकित बनाएको छ । किनकि इलियानाले औपचारिक रुपमा विवाह गरेको खबर सार्वजनिक भएको छैन । बरु कट्रिना कैफका भाइ सेबास्टियन लौरेन्ट माइकलसँग अफेयरका खबर भने बाक्लै आउने गरेका थिए । कट्रिना र विक्की कौशलसँग थुप्रै पटक दुवैलाई देखिएको थियो । तर पछिल्लो समयमा इलियाना फिल्म र चर्चा दुवैबाट टाढा थिइन् । यस्तो अचानक सार्वजनिक भएको खबरले धेरैलाई इलियानको हुनेवाला बच्चाको बाबुको बारेमा चासो बढाएको छ ।
इन्स्टामै धेरैले इलियानलाई ‘विवाह कहिले भयो ?’, ‘बच्चाको बाबु को हो ?’ भन्ने जस्ता प्रश्न गरेका छन् । इलियानाको पक्षमा लेख्नेहरूले भने सुष्मिता सेन, रविना टण्डनको बाबुको बारेमा चाहिँ किन सोध्दैनौ भन्दै प्रतिप्रश्न गरेका छन् । महिलालाई विवाह नगरी एक्लै आमा बन्ने अधिकार रहेको भन्दै धेरैले इलियानाको समर्थन गरेका छन् । दक्षिण भारतीय फिल्ममा लामो समय काम गरेकी इलियानाले केही हिन्दी फिल्ममा काम गरेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया