सिनेमा

धिरजले समय नदिएपछि रोकियो ‘भगवत् गीता’को सुटिङ

इकागज |
बैशाख ७, २०८० बिहीबार १०:३९ बजे

काठमाडौँ - अभिनेता धिरज मगरले समय नदिएपछि ‘भगवत् गीता’को सुटिङ रोकिएको छ । निर्माण टिमले भने मौसमले साथ नदिएको भन्दै निर्माण रोक्ने निर्णय गरेको जनाएको छ । 

जनकपुरमा पहिलो सेड्युलपछि केही दिनको विश्रामपछि पोखरा पुगेको टोली धिरजको पर्खाइमा केही दिन यत्तिकै बसेको थियो । तर धिरज पहिला ‘ज्याकी आइ एम ट्वान्टी’को ट्रेलर लन्चका काठमाडौँ आए भने यसपछि प्रमोसनका लागि देश दौडाहामा निस्कने तयारीमा छन् । 


यसरी ‘ज्याकी आइ एम ट्वान्टी’को प्रमोसनबाट धिरजलाई फुर्सद् नहुने भएपछि ‘भगवत् गीता’को टोली बीचैमा सुटिङ रोकेर फर्किएको हो । पोखराको सुटिङपछि त्यतैको गाउँमा बाँकी सुटिङ गर्ने चर्चा थियो । 

धिरजले नभ्याएपछि सम्भवतः जेठबाट मात्र फिल्मको बाँकी सुटिङ सुरु हुनेछ । झरना थापाको निर्देशन रहेको फिल्ममा धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहेको छ । फिल्ममा विपिन कार्की, कबिर खड्का आदिको पनि अभिनय रहेको छ । 


Author

थप समाचार
x