सिनेमा

सलमानको फिल्मलाई खराब समीक्षा :  निर्देशकलाई ‘हेराफेरी’बाट निकाल्न अपील

इकागज |
बैशाख ८, २०८० शुक्रबार १५:४५ बजे

मुम्बई - ४ वर्षपछि पर्दामा फर्किएका सलमान खानले फेरि दर्शकलाई निराश बनाएको समीक्षा आएका छन् । मुस्लिमको सबैभन्दा ठूलो चाड इदको अवसर पारेर रिलिज भएको 'किसीका भाइ किसीका जान' फिल्मलाई समीक्षकले इदमा रिलिज भएको सलमानको सबैभन्दा कमजोर फिल्म मानेका छन् । 

दक्षिण भारतीय फिल्म ‘वीरम्’को रिमेक फिल्मको एक्सन ठीकै भए पनि कलाकारको अभिनय, पटकथा र निर्देशन कमजोर भएको धेरैको भनाइ छ । फिल्मलाई केही समीक्षकले ८० को दशकको अल्छी लाग्दो फिल्म भनेका छन् त कसैले पत्याउने नसकिने गरी झुर भएको बताएका छन् । केहीले भने हेरुन्जेल रमाइलो हुने प्रतिक्रिया पनि दिएका छन् । 


तर केही दर्शक भने निर्देशक फरहाद समजीसँग धेरै नै रिसाएका छन् । उनीहरूले सलमानको फिल्म मात्र होइन, ‘हेराफेरी ३’पनि बिगार्ने भन्दै उनलाई फिल्मबाट निकाल्नु पर्ने बताएका छन् । दर्शकले ‘बरु हामी टिकटको डब्बल पैसा तिर्छौँ, यो मान्छेलाई निकाल’ भन्दै फिरोज नाडियावाललाई मेन्सन गरेका छन् । सलमानले इदकै समयमा प्रदर्शन भएका ‘टाइगर जिन्दा है’, ‘बजरंगी भाइजान’, ‘सुल्तान’बाट राम्रो प्रतिक्रिया पाएका थिए । 


Author

थप समाचार
x