सिनेमा

रणवीर सिंहलाई फिल्ममा लिन डराउन थाले निर्माता

इकागज |
बैशाख १०, २०८० आइतबार १४:४ बजे

मुम्बई - गत साता अभिनेता विकी कौशल फिल्म ‘द इमोर्टल अश्वथामा’मा अभिनय नगर्ने खबर बाहिरियो । विकीको प्रमुख भूमिका रहेको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ का निर्देशक आदित्य धरको महत्वकांक्षी फिल्म ‘द इमोर्टल अश्वथामा’मा विकीको स्थानमा रणवीर सिंहलाई अभिनय गराउने निर्माताको तयारी थियो ।

तर रणवीर अभिनित पछिल्ला फिल्महरु एक पछि अर्को गर्दै बक्सअफिसमा फ्लप साबित भएपछि निर्माताहरु झस्किएका छन् । महंगो बजेटमा निर्माण हुन लागेको फिल्म ‘द इमोर्टल अश्वथामा’ मा रणवीरलाई अभिनय गराउन सके उनको स्टारडमले दर्शकलाई बक्सअफिसमा तान्न सफल हुनेमा निर्माता ढुक्क थिए ।


यही बीचमा रणवीर अभिनित फिल्म ‘८३’, ‘जयेशभाइ जोरदार’ र ‘सर्कस’ जस्ता फिल्म प्रदर्शनमा आए । ती सबै फिल्म फ्लप सावित भए । निर्माण कम्पनी जियोज स्टुडियोले रणवीरलाई फिल्ममा अभिनय गराउने कुराकानी गरिरहँदा रणवीर अभिनित फिल्म फ्लप भएपछि उनलाई फिल्ममा लिनु अर्को आर्थिक जोखिम देखे ।

यही बीचमा रणवीरलाई डेब्यू गराउने यशराज स्टुडियोले पनि रणवीरलाई आफ्नो सम्झौताबाट रिलिज गरेको छ । रणवीरलाई लिएर बनाएका फिल्ममध्ये 'गुन्डे'बाहेक अरु कुनै फिल्मले लगानी नउठाएपछि यशराज फिल्मस् पनि रणवीरसँग तर्सिएको बताइएको छ । रणवीरलाई यशराजले ट्यालेन्ट एजेन्सीबाट पनि रिलिज गरेको थियो ।

यहीकारण अहिले निर्माताहरु रणवीरको सट्टा दक्षिण भारतीय स्टारलाई अभिनय डराउने मुडमा छन् । उनीहरूले जुनीयर एनटीआर र अल्लू अर्जुन जस्ता स्टारलाई अभिनय गराउन चासो देखाएका छन् । ‘अहिलेको अवस्थामा साउथ स्टारलाई फिल्ममा लिनु फाइदा हुन्छ । किनकी उनीहरुलाई फिल्ममा लिँदा धेरै भाषामा फिल्म डब गराउनुपर्छ । जसको फाइदा निर्मातालाई हुन्छ ।

 


Author

थप समाचार
x