सिनेमा

लक्ष्मण सुवेदीको निर्देशन रहने ‘सतीदेवी’को मुहूर्तसँगै सुटिङ सुरु

इकागज |
बैशाख ११, २०८० सोमबार १२:३१ बजे

काठमाडौँ - लक्ष्मण सुवेदीको निर्देशन रहने फिल्म ‘सतीदेवी’को मुहूर्त गरिएको छ । कलाकार, प्राविधिक सहितको टोलीले भद्रकालीमा पूजा गर्दै मुहूर्त गरेको हो । मुहूर्तसँगै छायांकन सुरु गरिएको निर्देशक लक्ष्मण सुवेदीले जानकारी गराएका छन् । 

लक्ष्मण सुवेदीकै निर्माण तथा लेखनसमेत रहेको फिल्ममा मलिका महत शीर्ष भूमिकामा रहेकी छिन् । फिल्ममा भोला सापकोटा, सन्दिपबाबु लोहनी, रमेश बुढाथोकी, सुजिता सिवाकोटी, कुलदीप अधिकारी, सिर्जना अधिकारी आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा बाल कलाकारका रुपमा हर्षिका ओली र मन्जिला बानियाँको महत्वपूर्ण भूमिका रहेको छ ।


फिल्मको सुटिङ अवधि १ महिनाको रहनेछ । निर्देशक सुवेदीले दुई दिन कलंकीको बाफलमा सुटिङ हुने र त्यसपछि टोली लमजुङ प्रस्थान गर्ने जनाएका छन् । लमजुङमा मध्यनेपाल नगरपालिकामा बाँकी सुटिङ सम्पन्न हुनेछ । ग्रामिण परिवेशमा बुनिएको कथाले छोरीको महत्वलाई दर्साउन निर्देशक सुवेदीले बताएका छन् ।
‘छोरी भनेर हेला गर्ने समाजमा छोरीले कतिसम्म गर्न सक्छन् भन्ने कथाको सार हो । यसलाई हामीले मनोरञ्जक हिसाबले प्रस्तुत गर्नेछौँ,’ उनको भनाइ छ । 

फिल्मलाई बाबु श्रेष्ठले छायांकन गर्नेछन् भने फिल्ममा देव महर्जनको द्वन्द्व रहेको छ । दीपक शर्मा र सुवास भुसालको संगीत रहेको फिल्मका गीत सुवेदी स्वयंले लेखेका हुन् ।


Author

थप समाचार
x