सिनेमा

बीटीएस गायक जिमिन जस्तो देखिन सर्जरी गर्दा २२ वर्षीय क्यानेडियन अभिनेताको निधन

इकागज |
बैशाख १२, २०८० मंगलबार १५:३१ बजे

लन्डन- क्यानेडियन अभिनेता सेन्ट भोन कोलुकीको २२ वर्षको उमेरमा निधन भएको छ । अभिनेता सेन्टले बीटीएस गायक जिमिन जस्तो देखिन १२ पटक सर्जरी गरेका थिए । 

२२ वर्षका अभिनेता केही दिनमै एउटा अमेरिकी प्लेटफर्मका लागि बन्न लागेको सांगीतिक सिरिजमा अभिनय गर्ने तरखरमा थिए । गत शनिबार उनको चिउँडोको सर्जरी भएको थियो । यही सर्जरीमा गडबड भएपछि उनको निधन भएको लन्डनबाट प्रकाशित हुने समाचारमाध्यमले उल्लेख गरेका छन् । 


यसअघि उनले अनुहार, नाक, आँखा, परेला तथा ओठको सर्जरी गरेका थिए । सेन्ट सन् २०१९ मा संगीतमा करिअर बनाउन क्यानडाबाट दक्षिण कोरिया बसाइँ गएका थिए । गत साल उनले कोरियन सिरिज ‘प्रिटी लाइज’मा अभिनय गरेका थिए । 


Author

थप समाचार
x