सिनेमा

चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल जारी छ : अध्यक्ष केसी

इकागज |
बैशाख १३, २०८० बुधबार २०:२० बजे

काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताएका छन् ।

बुधबार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने प्रतिबद्धता जनाएको उल्लेख गरे ।


उनले चलचित्र निर्माणका लागि विकास बोर्डले आवश्यक पर्ने सहयोग गर्न तयार रहेको जिकिर गरे ।

अध्यक्ष केसीले सरकार, सम्बन्धित निकाय र कलाकार तथा सञ्चार माध्यम सबै मिलेर चलचित्र विकासमा सहयोग गर्नुपर्ने बताए ।


Author

थप समाचार
x