सिनेमा

नेपालमा भान्से बने तमिल अभिनेता अजितकुमार

इकागज |
बैशाख १४, २०८० बिहीबार ११:४९ बजे

काठमाडौँ - तमिल अभिनेता अजितकुमार यात्रा प्रेमी अभिनेताको रुपमा चिनिन्छन् । फिल्मको सुटिङबाट फुर्सदको समयमा बाइकमा न घुम्न निस्कन्छन् । बाइकमा नै युरोपदेखि थाइल्यान्डसम्म यात्रा गरेका अजितकुमार अघिल्लो हप्ता नेपाल भ्रमणमा थिए ।

काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका अजित काठमाडौँ घुमेर मुस्ताङ पुगेका थिए । उनलाई चिनेका नेपालीलाई रोकिएको ठाउँमा स्वागत गर्दै प्रशस्त टिकटक बनाएका छन् । उनी फर्केपछि नेपालको कुनै रेष्टरेन्टमा भान्से बनेको भिडियो यतिबेला सामाजिक सञ्जालमा छाएको छ ।


 भिडियोमा अजित नेपालको कुनै रेष्टरेन्टको भान्सामा छिरेर नेपाली कुकसँग खाना पकाइरहेका छन् । सुरुमा अजित चार दिनको सुटिङका लागि आएको बताए पनि पछि त्यो पुष्टि हुन सकेको थिएन । अजित पछिल्लो समय ‘थुनिभु’मा देखिएका थिए । 


Author

थप समाचार
x