सिनेमा

एक्सन फिल्म सुटिङका लागि नेपाल आउँदै हलिउड अभिनेता लियाम नेसन

इकागज |
बैशाख १५, २०८० शुक्रबार ९:५६ बजे

लसएञ्जल्स - हलिउड फिल्म ‘टेकन’ अभिनेता लियाम नेसन एक्सन फिल्म 'आइस रोड २ : रोड टु दि स्काई' सुटिङ गर्न नेपाल आउने भएका छन् । हलिउड पत्रिका डेडलाइनका अनुसार हिमालय क्षेत्रमा सुटिङ हुने यो फिल्मका लागि लियामले उत्तरी क्यानडा र नेपालको हिमाल छिचोल्नेछन् । 

लियाम फिल्ममा आइस रोड चालक माइक म्याकनको भूमिकामा हुनेछन् जो आफ्नो भाइको अन्तिम इच्छा पूरा गर्न नेपालको सगरमाथामा पुग्नेछन् । भाइको अस्तु सगरमाथामा सेलाउने उद्देश्यले नेपाल आएका लियामले आफूसँग आएका यात्रु र स्थानीय जनतालाई बचाउन भाडाका नेपाली  सिपाहीको समूहसँग लड्नेछन् ।  
यो फिल्मलाई डाइ हार्ड लेखक निर्देशक जोनाथन हेन्सलेघले निर्देशन गर्दैछन् ।


लियामले सन् २०२१ मा एक्सन फिल्मबाट सन्यास लिने घोषणा गरेका थिए । सन्यास घोषणालाई बिर्सँदै यही साल रिलिज भएको फिल्मको सिक्वेलका लागि लियाम नेपाल आउन लागेका हुन् । तर यो फिल्मको सुटिङ २०२४ बाट हुनेछ । फिल्ममा पहिलो भागका धेरै कलाकार दोहोरिने निर्देशक हेन्सलेघले जनाएका छन् । तर यो फिल्मको प्रदर्शन मिति भने सार्वजनिक भएको छैन । यसको अघिल्लो भाग हलमा हिट भएको थियो भने नेटफ्लिक्सले पनि महंगो रकममा खरिद गरेको थियो । 
 


Author

थप समाचार
x